गाउँपालिका उपप्रमुखको नाममा नक्कली परिक्षार्थी, प्रहरीद्धारा पक्राउ

Posted on: 29 Mar, 2018

नन्दराम जैसी | चैत १५, जुम्ला | हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिदै गरेकी एक जना नक्कली परिक्षार्थी प्रहरीले पक्राउ गरेको छ । 

राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो । नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लावाट गएको प्रहरी नायव उपरिक्षक डा.तपनकुमार दाहालको टोलीले पक्रेको हो । 

प्रहरी नायव उपरिक्षक दाहालका अनुसार जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको थिएन । उनले भने, ‘स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिदै गर्दा उपाध्यक्ष रोकायाले राखेको नक्कली परिक्षार्थी विमला पक्राउ परेकी हुन् । 

राहदेव मावि मोफ्ला केन्द्रमा २ सय २० जना परिक्षार्थी छन् । उपाध्यक्षको सट्टामा परीक्षा दिने नक्कली परिक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्धा लगाईने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पक्राउ गरेर कार्वाही गर्ने प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिए  । उनका अनुसार उपाध्यक्ष रोकाया फरार रहेको प्रहरीले जनाएको छ । 

विमलाले यस अघिका सवै परिक्षा दिईसकेकी छिन । यसअघि कालिका मावि तलिकुडुमा अर्कैको परीक्षा दिदै गरेका ४ जनालाई नियन्त्रणमा लिएर दस्तखत किर्ते अन्र्तगत कार्वाही गरेको प्रहरीले जनाएको छ । न्यायिक समितिको संयोजक जस्तो व्यक्तिले नक्कली परिक्षार्थी राखेर परिक्षा दिएको भन्दै एसइइ परीक्षामा चरम विकृति फैलिएको सरोकारवालाले जानकारी दिएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!