नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

Posted on: 30 Mar, 2018

चैत १६, नेपालगञ्ज | नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । 

विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । 

पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!