लिफ्ट दिने नाममा होटल पुर्‍याएर सामुहिक बलात्कार, यसरी भयो घटना

Posted on: 30 Mar, 2018

चैत १६, काठमाडौं । पर्वतको छमर्केमा बिहिबार मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् भने अर्की युवती भाग्न सफल भएकी छन् । 

मेलाबाट घर फर्कने क्रममा युवतीलाई लिफ्ट दिने नाममा होटलमा पुर्‍याई मदिरा पिलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा गएका दुई युवतीहरु मध्ये एक जना भने भाग्न सफल भएपछि उनैले प्रहरीलाई खबर दिएकि थिइन्  । 

प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् ।

त्यस्तै बलात्कारको घटनाबारे खबर नगरेको भन्दै प्रहरीले होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि नियन्त्रणमा लिएको छ ।


यसरी भयो घटना 

- बिहीबार राति पीडित युवतीसँगै अर्की साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए ।

- गाडी कुर्ने क्रममा दुई वटा मोटरसाइकल आउँछ र उनीहरुलाई कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । 

- गाडी कुरेर बसेका उनीहरु सोहि मोटरसाइकलमा जान तयार हुन्छन् तर, मोटर साइकल चालकहरुले कुश्मा नगरपालिका-४, छमर्केमा रहेको ‘न्यू सेवा गेष्ट हाउस’ मा लैन्जान्छन्  र त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् ।

- गेष्ट हाउसमा उनीहरुले मदिरा पिउँछन् र युवतीलाई पनि मदिरा खुवाउँछन् ।

- त्यस क्रममा अर्की युवती भाग्न सफल हुन्छिन् । 

तर भाग्न नसकेकि युवती बलात्कारको सिकार हुन्छिन् । भाग्न सफल भएकी युवतीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोलीले घटनास्थलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले जबरजस्ती करणी मुद्दा अन्तरगत ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!