गृह मन्त्रालयद्धारा महाकालीमा काठेपूल बनाउन भारतलाई अनुमति

Posted on: 30 Mar, 2018

लोकेन्द्र जोशी | चैत १६, दार्चुला । गृह मन्त्रालयले अन्तराष्ट्रिय सिमा नदिको रुपमा रहेको महकाली नदिमा पुल लगाउन भारतिय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँहरुमा तीन ओटा पुल लगाउन गृह मन्त्रालय बाट अनुमति प्राप्त भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने ब्याँस गाउपालिकाको वडा नम्बर २ को नजांग, लखनपुर  र छाङकङरे खोलामा अस्थायी काठे पुल लगाउन नेपाल सरकार संग अनुमति माग गरेको थियो । कैलाश मानसरोवर जाने तिर्थ यात्री तथा सौका समुदायको हुने बसाई सराईलाई मध्यनजर गर्दै केहि समयका लागी मात्रै अनुमति दिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।


यसअघि भारतीय पक्षले नेपालको सहमति विनै ब्याँस गाउपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरे र बुदी खेलामा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भैइरहेको सडकमा काम गर्ने मजदुरहरुलाई आवत जावत गराइरहेको थियो, भने नेपाली भूमिमा डेढ किमी कच्ची सडक र झण्डै दुई किमी बाटो समेत निर्माण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!