सल्यानमा पूर्ण खोप घोषणाका लागी समन्वय समिती गठन

Posted on: 01 Apr, 2018

चैत्र १८, सल्यान। पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागी सल्यानको कपुरकोटमा खोप समन्वय समिती गठन गरिएको छ ।


आइतबार स्वास्थ्य चौकी धनवाङ, कपुरकोटको आयोजनामा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चीतता तथा दिगोपनाका लागी वडास्तरिय समिती गठन गरिएको हो ।

कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेनको संयोजकत्वमा गठन भएको समितीका सदस्यहरुमा वडा सचिव र निर्वाचीत वडा सदस्यहरु, विद्यालय, उद्योग वाणिज्य संघ, पत्रकार, युवा क्लव, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका लगाएतका प्रतिनिधी छन् ।


उक्त अवसरमा बोल्दै कपुरकोट गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले समितीले नियमित खोपबाट कुनै पनि बच्चा नछुटोन् भनेर समितीले काम गर्ने विश्वास व्यक्त गर्दै बालवालिकालाइ सुरक्षित बनाउने अभियानमा लाग्नुपर्ने बताएका थिए । पूर्ण खोप घोषणाका लागी सबैको साथ आवश्यक रहने उनको भनाइ थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य चौकीका प्रमुख देवेन्द्र कुमार सेनले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!