मोटरसाइकल चोरी गर्ने ३ जना धनगढीबाट पक्राउ

Posted on: 02 Apr, 2018

चैत १९, धनगढी | वडा प्रहरी कार्यालय धनगढीको टोलीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय दिनेश राना, सोही ठाउँका २२ वर्षीय रामखिलन राना र २५ वर्षीय जगदीश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले उनीहरुबाट धनगढी उपमहानगरपालिका–५ का नरेन्द्र शाहको घरबाट चोरी गरिएको से४प ६५५२ नंको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!