रोल्पामा बन्चरोले हानेर एकै घरका दुई नाबालकको हत्या

Posted on: 03 Apr, 2018

चैत २०, रोल्पा | त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ । 

त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । 

हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ । नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी हिजै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । 

मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ । दाजुसँग पटकपटक झगडा गरिरहने हत्या आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ । आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन् । रासस 

- फाइल फोटो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!