राधा चौधरी कुटपिट घटनामा संलग्न ६ जना पुर्पक्षमा

Posted on: 03 Apr, 2018

चैत २०, धनगढी | कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीयवासी एक महिलालाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ । 

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् । पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!