महोत्तरीमा महिलाको हत्या, तीन जना पक्राउ

Posted on: 04 Apr, 2018

चैत २१, महोत्तरी । महोत्तरीमा एक महिलाको हत्या भएको छ । जिल्लाको मटिहानी  २ बस्ने ३० वर्षीया पुनमदेवी दासको हत्या गरिएको अवस्थामा मटिहानी  २ मा शव भेटिएको हो । 

मंगलबार अपरान्ह ४ बजे पुनमदेवी हराएको भन्ने सूचनाको आधारमा खोजि समेत गरिएकोमा गएराति जनकपुर-मटिहानी सडकखण्डमा सडक किनारमा बोराभित्र राखेर फालिएको अवस्थामा दासको शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई जलाउने प्रयास गरिएको समेत प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरुसँग बयान र घटनास्थलबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!