प्रदेश ५ को मन्त्रालयमा कार्यरत उपसचिव सरकारी क्वाटर मै झुन्डिएर आत्महत्या

Posted on: 04 Apr, 2018

चैत २१, रुपन्देही | प्रदेश ५ अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका छन् । 

आचार्यले आफू बस्दै आएको सरकारी क्वाटरकै पंखा राख्न प्रयोग गरिने फलामको रडमा डोरी लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । डिप्रेसनको सिकार भएका आचार्यको स्थाई घर चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक हो ।  घरबाट २ हप्ता अघि मात्र भैरहवा आएका आचार्य मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका थिए । बेलुका संगै बस्ने साथीहरुले खाना खान बोलाउँदा उनले ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर ढोका खोलेर हेर्दा उनि झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । 

प्रहरीले आचार्यको शव पोष्टमार्टमका लागि गएरातिनै भैरहवास्थित भीम अस्पताल पुर्याएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!