धादिङ: नुहाउने क्रममा नदीमा डुबेर दुईको मृत्यु

Posted on: 04 Apr, 2018

चैत २१, धादिङ | गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुई जना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै लाँदै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताउनुभयो । 

नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!