धादिङमा चट्याङ लागेर एकको मृत्यु

Posted on: 04 Apr, 2018

चैत २१, मलेखु, धादिङ | बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । 


चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!