सुदूरपश्चिमकै नमुना कारागार बन्दै बझाङ कारागार

Posted on: 04 Apr, 2018

सम्राट सिंह/चैत्र २१, बझाङ | बझाङमा लामो समय देखि जिर्ण रहेको जिल्ला कारागार पुनः निर्माण भएपछि सुदूरपश्चिम कै नमुना कारगार बनेको छ । जस्ता पाताले निर्माण गरिएको बन्दी गृह तथा पर्खाल मर्मत्त हुन नसकेपछि जिर्ण बन्दै गएको बझाङ कारागार यस वर्ष भने ठुलो लगानीमा पुर्न निर्माण भएको हो ।

२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो । शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित  खालका २ वटा भवनहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।

जिर्ण रहेको बझाङ कारगारमा क्षमता भन्दा तेब्बर कैदीबन्दीले सजाय भोग्दै आएका थिए । बझाङ कारागार जिर्ण भएकै कारण विगतमा  कतिपय कैदी बन्दीहरु फरार हुन सफल भएका थिए । बन्दी गृहको अभावमा बझाङ कारागारले विगतमा कैदीहरुलाई अन्यन्त्र सरुवा गर्ने गरेको भएतापनि यस वर्ष भने भवन निर्माण हँुदा बन्दीहरुलाई राख्न सहज हुने कारागार शाखाले जनाएको छ । 

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहरी विकास डिभिजन कार्यालय वैतडीले उक्त कारागारको निर्माण कार्य गर्दै आएको छ । शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जानकारी दिएको छ ।

आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भएपछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत(जेलर) राजेन्द्र बोहराले बताए ।

कर्कट पाताको छाना मुनी रात विताउदै आएका बझाङ कारागारका कैदी बन्दीहरु भवन निर्माण भएपछि सहज रुपमा बस्न पाउने भएका छन् ।

कारागार कार्यालयले महिला बन्दी गृह नभएकै कारण विगतका महिला कैदीहरुलाई छिमेकी जिल्ला डढेल्धुरा र डोटी पठाउने गरेको थियो । यस वर्ष बझाङ कारागारमा महिला पुरुष,बृद्धा र विरामी कैदी बन्दीहरुका लागी छुट्टाछुटै खालका भवनहरु निर्माण हुने जानकारी प्राप्त भएको छ । आधुनिक शैलिमा निर्माण हुन थालेको बझाङ कारागार सुदुरपश्मि कै नमुना कारागार बन्ने भएको छ ।

भवन अभावकै कारण यसअघि जाडो याममा बझाङ कारागारका कैदीबन्दीहरुले निकै समस्या खेप्दै आएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!