मुगुका चित्र बहादुर मल्ल मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट सम्मानित

Posted on: 04 Apr, 2018

चैत २१, मुगु | मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट देशै भरका चार जना व्यक्तिमध्ये मुगुका चित्र बहादुर मल्लपनी सम्मानित भएका छन । लामो समय देखि समाजमा दिगो शान्ती तथा बिकासका लागी समाजसेवी एवंम परोपकारी भावानाले स्थानीय स्तरमा गरेका काम कर्तब्य र योगदानको कदर गर्दै मल्लले मितेरी गगांदेवि शान्ती पुस्कार प्राप्त गरेका हुन ।  

एक्सन वक्स नेपालले सामाजिक क्षेत्रमा काम योगदान गरेका समाज सेविलाई मितेरी गंगादेवि शान्ती पुरुस्कार प्रदान गर्दै आएको थियो । यो बर्षको मितेरी गंगादेवि शान्ती पुरुस्कारबाट नगद ५ हजार पाँच रुपैया सहित सम्मान प्रत्रका साथ मल्ललाई सम्मानित गरीएको छ । 


जिल्ला नागरिक सञ्जाल संयोजक समेत रहेका मल्लले सामाजिक कुस्सकार, छाउपडी प्रथा महिला हिसां तथा समाजमा दिगो शान्ती स्थायित्व काम गराउन रात दिन नभनी काम गर्दै आएकाले उहाँको काम र योगदानलाई  कदर गर्दै सम्मानित गरीएको एक्सन वक्स नेपालका वकालत तथा पैरवी अधिकृचत राजेन्द्र उप्रेतीले बताउनुभयो । 

- नन्द बहादुर रोकायाको सहयोगमा प्राप्त समाचार 

यस बिषयमा तपाइको प्रतिक्रिया...!