चट्याङले बागलुङ बडिगाडमा ५ जना घाइते ३ को अवस्था गम्भीर !

Posted on: 07 Apr, 2018

बिमल खड्का | चैत २४, बागलुङ | आज विहानै देखीको अबिरल वर्षा सँगै साढे सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाईते भएका छन् । बडीगाड गाउपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा, १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भएकाे ईलाका प्रहरी कार्यालय भिमगिठेले जनाएको छ  ।

घाईते मध्य गम्भीर अवस्थाका गंगा थापा, सविना थापा र भुमि सिँजालीलाई थप उपचारका लागि पोखराकाे गण्डकी अस्पतालमा  रिफर गरिएको छ ।

चट्याङबाट घाईते बनेका लक्ष्मी माकिम र गीता माकिमको खारबजार स्थित बडीगाड अस्पतालमा उपचार भैरहेको  बताएको छ । मोबाईल चलाईरहेको बेला घरमा चट्याङ परेको    बताएको छ ।

चट्याङ पछी त्यस क्षेत्रमा विद्युत सेवा बन्द भएको छ भने चट्याङ परेको घर नजिकका नरबहादुर सिँजाली, कुमबहादुर सिँजाली र गंगा थापाको घरहरुलाई चट्याङले घरमा क्षेती पुराएको स्थानीयले बताएका छन् । 

यी सबै घरका विद्युत मिटर जलेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!