भाटभटेनी सुपरमार्केटमा आगलागी

Posted on: 08 Apr, 2018

चैत २५, बुटवल | बुटवल उपमहानगरपालिका–८  सुख्खानगमा रहेको भाटभटेनीमा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको छ ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाको दमकलको सहयोगमा साथै आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना ठुलो संख्यामा खटाइ आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराइले बताए । 


बिद्युत सर्ट भएर आगालागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।  एकाबिहानै पसल नखुल्दैआगलागी भएको कारण मानविय क्षती नभएको पसलको चौथो तलाबाट आगो लागी सुरु भएको डिएसपी भट्टराइले बताए | क्षतीकोको  बिबरण आउन बाकि...  (आभास पौडेलको सहयोगमा प्राप्त समाचार) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!