पोखरा-सिद्धलेक इकाईमा सरु

Posted on: 08 Apr, 2018

पोखरा, चैत २५ । धादिङ–पोखरा सम्पर्क समाज, सिद्धलेक गाउँपालिका इकाइको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् ।धादिङ नलाङ निवासी उनी शनिबार पोखरामा भएको चौथो अधिवेशनले अध्यक्षमा चयन गरेको हो ।धादिङ–पोखरा सम्पर्क समाजकी कार्यसमिति सदस्य समेत रहेकी सरु दर्जन बढी संघसंस्थामा क्रियाशील छन् ।संस्थाको उपाध्यक्षमा रामप्रसाद दुवाडी, सचिवमा गंगाबहादुर पौडेल, सह–सचिवमा गणेश गिरी, कोषाध्यक्षमा हरिकृष्ण श्रेष्ठ र सहकोषाध्यक्षमा सूर्यमान वाडा निर्वाचित भएका छन् । उपाध्यक्ष दुवाडी, सचिव पौडेल, सह–सचिव गिरी, सहकोषाध्यक्ष वाडा नलाङ निवासी हुन् भने कोषाध्यक्ष श्रेष्ठ कुम्पुर निवासी हुन् ।यसैगरी संस्थाको कार्यसमिति सदस्यमा सलाङका दिनेश सिलवाल, सन्तोष मिश्र, केशर पुलामी, नलाङका विक्रम पण्डित, विष्णुमान शाक्य, सरोज अर्याल र कुम्पुरकी सरिता आलेमगर छन् ।

कार्यक्रममा अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालका संस्थापक अध्यक्ष रुद्र खनालले भाइचरा सम्बन्ध मजबूत बनाउन इकाइले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।इकाइका अध्यक्ष शुम्भ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ समाजका अग्रज नवराज दुवाडी, समाजका अध्यक्ष युवराज खतिवडा, पूर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, पूर्व सचिव वेनी पाठक, ज्वालामुखी गाउँपालिका इकाइ उपाध्यक्ष यादु ढकाल, लेकसाइड पारिवारिक समाजका अध्यक्ष ईश्वर श्रेष्ठ, सिद्धलेक इकाइ उपाध्यक्ष रामप्रसाद दुवाडी, सचिव सरस्वती श्रेष्ठ, कोषाध्यक्ष गंगाबहादुर पौडेल लगायतले बोलेका थिए ।वेनी पाठक संयोजक तथा मेघबहादुर न्यौपाने र गोकर्ण अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!