बझाङमा ११ किलो चरेस सहित एक जनालाई पक्राउ

Posted on: 08 Apr, 2018

टेकेन्द्र बोहरा | चैत २५, बझाङ | बझाङमा ११ किलो लागु औसध चरेस सहित १ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

बझाङ बाट धनगढी तर्फ गईरहेको ना ७ ख ३१ २७ नम्वरको बसलाई बझाङको अस्थाई प्रहरी पोस्ट झोतामा चेक जाँच गर्ने क्रममा बसको डिग्गीमा मकै र कोदो बोराको बिचमा लुकाई छिपाई लैजादै गर्दा ११ किलो चरेस सहित एक जनालाई सनिवार सातवजे तिर प्रहरीले नियन्त्रयमा लिएको हो ।

पक्राउ पर्नेमा बझाङ मस्टा गाँउपालीका बडा नँ १ बस्ने अन्दाजी ५० वर्षका दल बहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाको थप अनुसन्धान चलीरहेको र पक्राउ परेका रोकायालाई लागु औषध तथा चरेस ओसोरपोसार ऐन अन्तर्गत कारबाही चलाउने र  थप अनुसन्धानका लागी बसका सहचालकलाई पनी  नियन्त्रणमा लिएको जिल्ला प्रहरीकार्यालय बझाङका प्रहरी नायब उपररिक्षक ऋषिराम कडेलले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!