११ किलो चरेशसहित बझाङ्गबाट एकजना पक्राउ

Posted on: 08 Apr, 2018

चैत २५, कैलाली। ११ किलो लागूऔषध चरेशसहित शनिबार साँझ प्रहरीले एकजनाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बझाङ्गको मष्टा गाउँपालिका-१ का ५० वर्षीय दलबहादुर रोकाया रहेको बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक -डीएसपी) ऋषिराम कँडेलले जानकारी दिए ।  मकै र कोदोको बोरामा लुकाएको अवस्थामा लागूऔषधसहित रोकाय पक्राउ परेका हुन |

शनिबार साँझ बझाङ्गबाट धनगढीतर्फ जाँदै गरेको  ना७ख ३१२७ नम्बरको बसको डिक्कीमा बोराभित्र राखेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनलाई  नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै बस र बसका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएको बझाङ प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!