मोरङमा माटाको ढिस्काले पुरिएर एकको मृत्यु

Posted on: 08 Apr, 2018

चैत २५ मोरङ | लेटाङ नगरपालिका–९ बस्ने २४ वर्षीया भगिमाया दुलालको आज बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको छ ।

घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको माटाको ढिस्काले पुर्दा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!