११ दिनदेखि वेपत्ता भएका डंगोल मारिएको विवरण उनकै फेसबुकबाट पोष्ट

Posted on: 09 Apr, 2018

चैत २६, काठमाडौं । रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ ।

स्थानीय मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङका अध्यक्ष एवं संस्थापक समेत रहेका उनको फेसबुक एकाउन्टबाट सोमबार झाडीमा पल्टिरहेको मानिसको तस्वीर पोष्ट भएको हो ।

तस्वीरसँगै क्याप्सनमा १२ वर्षअघि उनले पोष्ट गर्ने व्यक्तिको भाइको पेटमा छुरा हानेको उल्लेख गरिएको छ । भनिएको छ, ‘मेरो भाइ भाग्यले बाँच्यो । यसलाई पनि म भाइको जस्तै हाल बनाउन चाहन्छु । तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ ।’

स्टाटसमा डंगोललाई सिध्याउन राम्रो मौका पाएको र डंगोलकै मोबाइलबाट यो जानकारी पोष्ट गर्न पाएको उल्लेख गरिएको छ ।

१५ चैतदेखि बेपत्ता भएका डंगोल हराएलगत्तै भोलीपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उनको खोजी कार्यलाई व्यापक बनाइएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शरतकुमार थापा क्षेत्री बताउँछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!