डोटीमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू

Posted on: 11 Apr, 2018

प्रकाश बम | चैत २८, डोटी | डोटीको जोरायलमा चट्याङ्ग लागेर दुई बालकको मृत्यू भएको छ । जोरायल गाउँपालिका–२ डाँडाखालीमा आज दिउँसो परेको चट्याङ्ग लागेर दुई बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् । चट्याङ्ग लागेर घाईते भएका दुबैलाई आफन्तले उपचारका लागि बुडर स्वास्थ्य चौकी लैजाने प्रयास गरेका थिए । उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले डोटीले जनाएको छ ।

खेम भण्डारीको घरको भान्सामा दुबै बालकहरु खेलिरहेका बेला चट्याङ्ग परेको थियो । डोटीमा केहीदिन देखी मौसममा समस्या देखिरहेको छ । बेलाबेलामा अकस्मात भारी बर्षा हुने, असिनापानी पर्ने र चट्याङ्ग परिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!