नवलपरासीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, आधा दर्जन बढी गम्भीर घाइते

Posted on: 12 Apr, 2018

चैत २९, नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भागमा पर्ने बुलिङटारमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो । जिप खस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ  भने अन्य ८ जना गम्भीर घाइते  छन् । मृतक १ जनाको परिचय खुल्न सकेको छैन । 

दुर्घटना पहाडको खोंचमा भएकाले उद्धारमा कठिनाई परेको बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!