मोरङमा सडक दुर्घटनामा परि एकको मृत्यु

Posted on: 12 Apr, 2018

चैत २९ विराटनगर | सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । 

डाँस खोला पुलमा रोकीराखेको को२त २४५९ नम्बरको ट्याक्टरको पछाडिको भागमा को१३प ७७२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो । 

मोटरसाइकलमा सवार २५ वर्षीय हेमराज खड्काको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!