बैतडीमा रुखबाट लडेर एक बालकको मृत्यु

Posted on: 12 Apr, 2018

चैत २९ बैतडी | रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!