४९ लाख भारुसहित नुवाकोटका नेपालीसहित मोरङका १ जना पक्राउ

Posted on: 12 Apr, 2018

चैत्र २९ काठमाडौं | भारतमा प्रतिबन्धित ४९ लाख भारुसहित लाजिम्पाटबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांगि्रलाबाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका ५ का ५० वर्षीय चेतबहादुर नेपाली छन् ।

बरामद गरिएको रकम एक हजार दरका २ हजार २ सय ६ वटा तथा ५ सय दरका ५४  हजार ४ सय ५१ वटा नोट रहेको छ। 

सो रकम नेपालबाट भारतमा सटहीको प्रलोभनमा कारोबार भएको हुनसक्ने प्रहरीले जनाएको छ। 




यस बिषयमा तपाइको प्रतिक्रिया...!