धादिङमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

Posted on: 12 Apr, 2018

चैत २९ धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको धुनीबेँसी नगरपालिका – ४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । धादिङको धुनीबँेसी नगरपालिकाबाट महादेव जाँदै गरेको ना ५३ प ३०४८ नं को मोटरसाइकल अनियन्त्रित भई नालामा ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएपछि घाइते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!