गाउँपालिका स्तरिय कक्षा ८ को परीक्षाफल प्रकाशित

Posted on: 12 Apr, 2018

चैत २९, सल्यान | सल्यानको कपुरकोट गाउँपालिका स्तरिय कक्षा ८ को वार्षिक परीक्षाको जतीजा प्रकाशित भएको छ । पहिलो पटक स्थानीय तहले नै लिएको कक्षा ८ को परीक्षाफल विहिबार परीक्षा समितीको निर्णय अनुसार प्रकाशित गरिएको कपुरकोट श्रोतव्यक्ति कृष्ण बहादुर भण्डारीले जानकारि दिएका छन् ।

जसमा ए प्लस ल्याउने विद्यार्थीको संख्या ६ जना, ए लाउने ३१ जना, बी प्लस ल्याउने १ सय ७ जना, बि गे्रड ल्याउने २ सय १५ जना र सी प्लस ल्याउने ९ जना रहेका छन् ।


गाउँपालिका भित्रका ११ वटा विद्यालयबाट गरि ९ दशमलव १३ प्रतिशत विद्यार्थी परिक्षामा अनुपस्थित भएका थिए । परिक्षार्थी परिक्षामा सामेल नहुनुको कारण छात्राहरु विहे गरी गएको र छात्रहरु पैसा कमाउन जिल्ला बाहिर जाने प्रबृतिले गर्दा भएको परिक्षा समितिले निश्कर्ष निकालेको छ । भर्ना भएका ४ सय ५ जना परिक्षार्थीमध्ये ३ सय ६८ जनाले मात्र परिक्षा दिएका थिए ।

परीक्षा फल प्रकाशन गर्ने कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समितीका समेत अध्यक्ष रहेका भिम बहादुर सेनले आगामी दिनमा अझै नतीजामा सुधार ल्याउन जिम्मेवार भएर लाग्न सम्बन्धीत सबैलाइ आग्रह गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!