गुल्मी: मुसिकोटको श्रृङ्गेश्वर वनमा आगोलागी

Posted on: 13 Apr, 2018

प्रेम सुनार/चैत्र ३० गुल्मी। हिजो देखि गुल्मीको मुसिकोट नगरपालिकाको श्रृङ्गेश्वर सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । कुल १ सय १० हेक्टर मध्ये आधा भन्दा बढि बन क्षेत्रमा आगो फैलिएको त्यस बन उपभोक्ता समितिका उपाध्यक्ष केशवराज रायमाझीले जानकारी दिए ।

मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने उक्त वन क्षेत्रमा उनको नेतृत्वमा हिजो देखि आज सम्म उपभोक्ताहरु नियन्त्रणको प्रयासमा जुटे पनि नियन्त्रणमा आउन नसकेको रायमाझीले बताए ।

आगो अरु अगाडी फैलिए आसपासका केहि  घर वस्ती पनि जोखिममा पर्न सक्छन् । आगो लागी हुँदा अन्य  मुसिकोट बडागाउँ खानेपानी योजनाका विछाईएका पाईपहरु नष्ट भई खानेपानीको हाँहकार हुन सक्ने खतारा बढेको रायमाझीको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!