डिपिएल: धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

Posted on: 13 Apr, 2018

चैत ३० धनगढी | यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ । 

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । 

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । 

बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए । 

अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!