व्यवसायमुखी शिक्षानिती बनाउन पहल गर्ने: मुख्य मन्त्री भट्ट

Posted on: 13 Apr, 2018

लोकेश अधिकारी/चैत्र ३० धनगढी | मुख्यमन्त्रीको सचिवालय, धनगढी ७ नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको शिक्षा निती व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने बताउनु भएको छ ।


नेपालको शैक्षिक निती व्यवसायीमुखि नभएकै कारण बेरोगारीको समस्या सुल्झन नसकेको बताउदै मुख्य मन्त्री भट्टले रोजगार गर्नलाई मात्र पढ्नुपर्छ भन्ने मान्यता सहि नभएको औल्याउनुभयो । 

आज प्रदेश ७ कै पुरानो मध्यको एक कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको समापन समारोहमा बोल्दै उहाँले गरिव र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुचमा पुर्याउन प्रदेश सरकार लागि पर्नेमा जोड दिनुभयो । प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिए पनि सहि विधि र पद्धति स्थापितगर्न आफु अहोरात्र लागि पर्ने र यस अभियानमा ७ नम्वर प्रदेशवासिको पनि पुर्ण सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ ।

प्रदेशका सबै तह र तप्काका विद्यार्थीहरुको सहज पहुँचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने उहाँले बताउनुभयो । 

यस्तै समारोहमा बोल्दै सामाजिक विकास मन्त्रीदिर्घ सोडारीले सुदुर पश्चिम विश्वविद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको बताउनुभयो ।

टोलटोलमा क्याम्पस संचालन गर्ने प्रबृति ठिक नभएको बताउदै उहाँले क्याम्पस मर्जको नितील्यायर व्यवस्थित क्याम्पस वनाउन सामाजिक विकास मन्त्रायललागि परेको जानकारी दिनुभयो ।

आफ्नो ३८ औं वार्षिकोत्सव समारोहको समापन शत्रमा क्याम्पसले क्याम्पसमा लामो समय अध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान समेत गरेको छ ।

सामुदायिक क्याम्पसहरुमा कैलाली बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस मानिन्छ । २०७४ सालमा देशकै उत्कृष्ट क्याम्पसको रुपमा यो क्याम्पस पुरस्किृत समेत भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!