प्रधानमन्त्री ओलीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु, भाषण सुन्न दुई दिन हिँडेर आएका थिए

Posted on: 14 Apr, 2018

बैशाख १, मुगु | ‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि निधन भएको छ । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७, का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला अचानक कार्यक्रमस्थलमै ढलेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला ढलेका थिए । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको निधन भएको थियो । 


गत वर्ष वैशाख ३१ मा सम्पन्न स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!