कुश्मा नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

Posted on: 15 Apr, 2018

बैशाख २, फलेवास | कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ । 

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उहाँकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते हुनुभएको छ । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो । 

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!