सुरक्षित मातृत्व दिवस मनाइयो

Posted on: 16 Apr, 2018

बैशाख ३, कालिकोट | सुरक्षित मातृत्व दिवस कालिकोटमा पनि मनाइएको छ । ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ सोमबार मनाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख विवश पराजुलीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागीहरुले सुरक्षित मातृत्व सबैको दायित्व भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

जिल्ला अस्पताल कालीकोट र खाँडाचक्र नगरपालिका कालीकोटको संयुक्त आयोजनामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्ट, अस्पताल बिकास समिति अध्यक्ष कृष्णबहादुर सिंह र महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमूख सोबिता राणा लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि खाँडाचक्र नगर प्रमूख पाण्डेले गाउँगाउँबाट स्वास्थय संस्थामा चेक गर्न नआएकाले सुरक्षित मातृत्वमा कसैले ध्यान नदिएको बताए ।

उनले सुरक्षित मातृत्वको लागि कालिकोटका विभिन्न गाउँपालिका र नगरपालिकामा गएर अभिमुखिकरण गर्न आवश्यक भएको औल्याए । कार्यक्रममा बोल्दै विशेष अतिथि विजया विष्टले कालिकोटका सवै महिला मिलेर सुरक्षित मातृत्वका लागि गाउँगाउँमा प्रचार प्रसार गर्नुपर्ने बताईन् ।गर्भवती र सुत्केरी महिलाहरुलाई फलफुलको व्यवस्था गर्नुपर्नेउनको भनाई छ । पहिले अस्पताल नै नगई बच्चा जन्माउने भएकाले कसैले सुरक्षित मातृत्वमा ध्यान नदिएपनि समाज परिर्वतनसंगै स्वास्थ्यमा खर्च गर्न लोभ नमान्न आग्रह गरिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!