भारतीय राजदूतावास इकाइ कार्यालय पछाडी बम विष्फोट

Posted on: 16 Apr, 2018

बैशाख ३, विराटनगर (रासस) | विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ । 

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराउनुभयो । 

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!