दाङमा गाडीको ठक्करबाट एकको मृत्यु

Posted on: 18 Apr, 2018

वैशाख ५ दाङ | गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । 

ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

आज बिहान ५:३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!