४० दिन अघि रसुवाबाट हराएका तामाङको नुवाकोटमा शव भेट्टियो

Posted on: 18 Apr, 2018

वैशाख ५, नुवाकोट (रासस) | रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेट्टिएका छन् । 

विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेट्टिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

शवको जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए । उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!