प्रेम सुनार/बैशाख–६ गुल्मी। सेतै फुलेकी आमा दलानमा छोरा आउने खवरले बाटो तिर टोलाउँदै दलानमा वसेकी थिईन् । नभन्दै छोरा अर्थात श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट घर आई पुगे ।
मन्त्री भए पछि पहिलो पटक वुधवार गुल्मीको दोहलीस्थित घर पुगेका विष्टले आमा संग १५ मिनेट पनि समय दिएर बस्न भ्याएनन् । छोरा विष्टले जिल्लाबाट गएका जनप्रतिनीधी, सहायक सिडियो लगायतका व्यक्तिहरुलाई परिचय गराउने क्रममा भने आमाको ओठमा मुस्कान थियो ।
घरमा खान खाएर विभिन्न कार्यक्रममा जानै पर्ने बाध्यताका कारण विष्ट आमाको पाउँ ढोगेर , एकैछिन सञ्चो विसन्चो सोधेर ठुला दाजु लक्ष्मण विष्टको घरमा खान गए ।
खाना खाँदै गर्दा कतै विद्यालय त कतै विभिन्न संघ संस्थाबाट फोन आउँछ , लौन मन्त्री ज्यु, निर्धारित कार्यक्रम वित्नै लाग्यो । उनले बुधवार एकै दिनमा स्वागत कार्यक्रम सहित दर्जनौ स्थानमा सहभागी हुनु पर्ने थियो ।
खाना खाई सकेपछि पुन बुढो घर फर्केर मन्त्री विष्टले आमा म अहिले हिड्छु है भन्दै शिर निहुराई आमाको पाउँ ढोगे । जुन वेला आमाको आँखाबाट बगेको आँशु छोरा मन्त्रीको शिरमा थोपा थोपा खस्दै थियो ।
उनकी आमाले भनिन–‘ वावु अहिलै गई हाल्छौं र ? एकछिन बसन ।’ जवाफमा मन्त्री विष्टले भने–‘एकछिन पनि फुर्सद छैन आमा ,म अहिले जान्छु , डेढ महिना पछि आउँछु र बसौंला । ’टुप्लुक्क निहुँरेर आमाको पाउँ ढोग्दै मन्त्री विष्ट घरबाट विदा हुन साथ आमाको दुखेसो यस्तो थियो–‘ आयो भलवाढी गयो....।’
त्यसो भन्दै गर्दा आमाको आँखामा अश्रृधारा बगेको थियो । मन्त्री विष्ट पनि मन थामेर भावुक हुँदै र फर्कि फर्कि आमालाई नियाल्दै उकालो लागे । आँखाको दृष्टीले पुग्ने वेलासम्म आमाको आँखा छोरा तिरै थियो ।
लडाईमा हिडेको सिपाहीको बाध्यता झैं नचाहेर पनि अगाडी बढ्नै थियो । अन्ततः आमा छोरा दुवैले नियाल्दा नियाल्दै मन्त्रीका सवारी टोलीले झण्डा फर्फराउँदै गाडी कुदाएर आँखाले देख्ने नेटो कटाएरै छाडे ।
त्यो दृश्यले साथमा रहेका बनेर फर्किने क्रममा सहयोगीहरु समेत भावुक बनिरहेका थिए । दुई छोरी र पाँच भाई छोरा मध्ये साईला छोरा मन्त्री विष्ट आमासंग अस्याट मेट्ने गरी लामो समय कहिल्लै बस्न पाएका छैनन् ।
चाँडै आउनु है वावु... यस्तो कलेस आमाले पटक पटक दोहराएकी थिइन् । उनि ८९ वर्षकी भईन । श्रीमान भिमबहादुर विष्टको निधन भई सकेको छ । उनि कान्छा छोरा चुराबहादु विष्ट संग बुढो घरमा बस्दै आएकी छन् ।
सवै छोरा बुहारीहरुले औधी माया र स्याहर सुसार गरे पनि सवै छोराहरुसंग लामो समय बस्न नपाउँदाको कलेसले होला धेरै बेर आमाको गहबाट आँशु बगिरहेको थियो ।
मन्त्री विष्ट पनि बसुँ–बसुँ , आमाको अश्रुधारा पुछुँ–पुछुँको मुद्रमा थिए । तर यस्तो छ हरेक छोरा छोरीहरुको आ–आफ्नो कार्य क्षेत्रको विवसता र चाहेर पनि बुझ्न नसकिएको आमाको आत्मा...
यस बिषयमा तपाइको प्रतिक्रिया...!