हुम्लामा एक सचिवलाई पूरै गाउँपालिका जिम्मा

Posted on: 19 Apr, 2018

वैशाख ६ हुम्ला | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका परेका उजुरीमध्ये यहाँ ३३ प्रतिशत फछ्र्याेट भएको छ । 

यहाँ आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशाशन प्रवद्र्धन’ विषयको अन्तक्र्रियामा आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जिल्लामा ५३ उजुरी परेकामध्ये १९ वटा फछ्र्याेट भएको र अन्य उजुरीमाथि अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिनुभयो । 

प्रजिअ माधवप्रसाद ढुंगानाले जिल्लामा भ्रष्टाचार निर्मूल पार्न आजैदेखि थालनी गरिने बताउनुभयो । फरक प्रसंगमा प्रजिअ ढुंगानाले जिल्ला प्रशासन कार्यालयमा एक जना नायब सुब्बा र २५ जनाको दरबन्दीमा एउटा सहायक कर्मचारी मात्र रहेको गुनासो गर्नुभयो । 

कार्यक्रममा आदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले एक जना सचिवले मात्र पूरै गाउँपालिका हेर्नुपरेको छ भन्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!