झापामा छतबाट खसेर एक महिलाको मृत्यु

Posted on: 20 Apr, 2018

वैशाख ७ दमक | घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ । 

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । 

घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!