यसकारण दाजुले गरे भाई गोकर्णलाई अभिनन्दन

Posted on: 20 Apr, 2018

प्रेम सुनार/बैशाख–७ गुल्मी ।  आफ्नै सहोदर दाजु र भाई कहाँ भन्न पाईन्छ र सरकारी मर्यादाका सामु ?


गुल्मीको ईस्मा गाउँपालिका साविकको दोहली गाविसका एक समय सामन्य परिवारका  स्वर्गिय भिमबहादुर बिष्टका  ५ भाई छोराहरु  यति बेला कोही पत्रकारितमा ,कोही  शैक्षिक क्षेत्रमा त कोही राजनैतिक क्षेत्रका हँस्ती छन् । ति हँस्ती मध्ये जेठा दाजु लक्ष्मण बिष्ट ईस्मा गाउँपालिका प्रमुख छन भने साईला भाई गोकर्णराज बिष्ट यति वेला संघिय सरकारका मन्त्री छन् । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएको अवसरर्मा ईस्मा गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा दाजु विष्टले भाईलाई शिर निहुराएर  अभिनन्दन जाहेर गरे ।  तर परिवार र सार्वाजनिक  मर्यादक्रम फरक छ । त्यसको केहि वेर अघि झण्डा फर्फराउँदै घर ओर्लिएका मन्त्री विष्टले दाजुलाई शिर निहुराएर ढोग–दर्शन टक्राएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!