बारामा सुमोको ठक्करबाट एकको मृत्यु

Posted on: 24 Apr, 2018

वैशाख ११ बारा | जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । 

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!