धरानमा गोली चल्यो !

Posted on: 24 Apr, 2018

वैशाख ११, काठमाडौं । प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको छ ।

धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले गोलि चलाएको हो । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा १८ वर्षीय कुम्वे राईले प्रहरी टोलीलाई ढुंगा प्रहार गर्न थालेपछि प्रहरीको तर्फबाट एक राउण्ड फायर गरेको प्रहरीले जनाएको छ । 

राई सहितको समुहले सोमबार साँझ पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ गरेको थियो । 

छुरा प्रहार भएका खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ भने सापकोटाको स्थिति सामान्य छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!