धुर्कोटको आफ्नै गीत वजारमा ल्याए रामकुमार बिष्टले

Posted on: 25 Apr, 2018

प्रेम सुनार/बैशाख–१२ गुल्मी,।  स्थानिय तहको निर्वाचन पछि गुल्मीमा पृथक पहिचान बनाउँदै आएको धुर्कोट गाउँपालिकाले  त्यहाँको पहिचान झल्कीने गरी  सुमधुर गीत बजारमा ल्याएको छ ।

‘यो हो हाम्रो धुर्कोट गाउँपालिका’ वोलको गीत गायक रामकुमार विष्ट र गायिका पवित्र सर्तुङ्गे मगरको स्वरमा सजिएको उक्त गीत हिजो साँझ देखि वजारमा ल्याईएको हो ।लय तथा शब्द सिर्जना  गायक स्वयम  विष्टको हो भने त्यसको विशेष सहयोगी    कलाकार असिम महत , नरेन्द्र थापा रहेका छन । त्यस्तै  थेगो सिर्जना कलाकारद्धयः सुनिल थापा र संगित रामचन्द्र चन्दको रहेको छ ।

उक्त गीतले धुर्कोटको धार्मिक , सांस्कृतिक  र सामाजिक सद्भावलाई समेट्नुका साथै कृषि  उत्पादनर   पर्यटन विकासलाई प्रोत्साहित  समेत गरेको छ  । हालै कार्यक्रम ओझेलका खवर मार्फत धुर्कोटको चिनारी चर्चामा ल्याईए संगै यस गीतले धुर्कोटलाई थप चिनाउने अपेक्षा लिएको गायक तथा परिकल्पनाकार  बिष्टले बताए ।

दर्जनौं लोक गित मार्फत नेपाली लोक साङ्गितिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापति गरेका गायक तथा संञ्चारकर्मी   विष्ट आफै पनि धुर्कोट–३ हाडहाडे निवासी हुन् ।

उनले आफु जन्मिएको  माटो  प्रति समर्पित हुँदै गीतमा समग्र धुर्कोटलाई समेट्ने प्रयास गरेको र  शव्द संगै धुर्कोटको दृश्य आफै बोल्ने बताए ,।

मिनी म्युजिक प्रा.लि. काठमाण्डौंले बजारमा ल्याएको उक्त गीतको दृश्यमा धुर्कोटका साविकका सात वटै वडा  देख्न सकिन्छ  त्यहाँका पहिचान झल्काईएको छ  ।

गायक विष्टले धुर्कोट प्रति समर्पित हुँदै वजारमा ल्याएको उक्त गीतबाट आफु प्रभावित भएको र त्यसले धुर्कोटको पहिचान देश विदेशमा पुराउन  टेवा पुग्ने अपेक्षा लिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए ।

उनले  धुर्कोटको पहिचानका लागि श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सव पनि सम्पन्न गरिएको  र अरु थप प्रचार प्रसारका  कार्यक्रम पनि सञ्चालन गरिने प्रमुख पोखरेलले जानकारी दिए । गायक रामकुमार विष्टले नेपाली गीत संगित क्षेत्रमा कमाएको चर्चा संगै उहाँले आफ्नै माटो प्रति निभाएको उत्तरदायित्व प्रति आफुले सार्वजानिक कार्यक्रमबाट समेत धन्यवाद् दिएको उप–प्रमुख शिवबहादुर खत्रीले बताए ।

धुर्कोट , त्यसमा पनि जनजाती वाहुल्य रहेको हाडहाडे कला संस्कृतिको बेग्लै पहिचान बोकेको छ यहि माटोबाट ऐतिहाँसक धुर्कोटको समग्र कला संस्कृतिको पहिचान बृद्धि गर्नमा ठुलो सघाउ पुराउने अपेक्षा लिएको धुर्कोट गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुबहादुर थापा श्रीसले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!