दाङमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, एक घाइते

Posted on: 25 Apr, 2018

वैशाख १२ तुलसीपुर, दाङ | दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् । गिरी रोल्पा खुङ्गी निवासी हुन् । सोही मोटरसाइकल दुर्घटनामा परी चालक प्रहरी जवान प्रहरी जवान वसन्त अधिकारी घाइते भएका छन् । 

घाइते अधिकारीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पातालले जनाएको छ । आज बिहान उनीहरु मोटरसाइकल गस्तीमा गएको बेला दुर्घटनामा परेका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!