बैतडीको दलित पढ्ने विद्यालयमा कम्प्यूटर

Posted on: 26 Apr, 2018

नरी बडु/बैशाख १३ बैतडी | दलित समुदायका बालवालिका मात्रै पढ्ने दशरथचन्द नगरपाकिला– ५ मा रहेको बेताल खोदै आधारभुत विद्यालयलाई दलित उद्यम विकास समाज बैतडीले कम्प्यूटर र प्रिन्टर हस्तान्त्रण गरेको छ ।


कक्षा तीन सम्म पढाई हुने उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई कम्प्यूटरको ज्ञान हुनुका साथै विद्यालयको अन्य काममा सहजता होस भन्ने उद्येश्यले दशरथचन्द नगरपालिकाको सहयोगमा एक थान कम्प्यूटर र एक थान प्रिन्टर हस्तान्त्रण गरिएको संस्थाका अध्यक्ष रमेस कोलीले बताए ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा र उपप्रमुख मिना चन्दले उनिहरुलाई सो सामग्रि हस्तान्त्रण गरेका हुन् । कम्प्यूटरले अब विद्यालय प्रशासन तथा बालवालिकाहरुलाई सहयोग हुने विद्यालयका प्रधानाध्यापक प्रेमराम महले बताए ।

हस्तान्त्रण कार्यक्रममा स्थानीय अविभावक र विद्यालय प्रशासनले नगर प्रमुख र उपप्रमुसंग विद्यालयमा भएको शिक्षक अभाव र त्यस क्षेत्रका अन्य समस्याको बारेमा पनि जानकारी गराउनु भएको थियो । उक्त विद्यालय र सिङ्गो दलित समुदायको समस्या समाधानमा नगरपालिकाले विषेश भुमिका खेल्ने नगर प्रमुख नरेन्द्र थापा र उपप्रमुख मिना चन्दले प्रतिवद्धता गरेका छन् । छिट्टै विद्यालयमा कम्प्यूटर प्रशिक्षक र विद्युतको व्यवस्था गर्न नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख नरेन्द्र थापाले बताए । हस्तान्त्रण कार्यक्रममा सहभागि विद्यालय निरिक्षक मोहन नाथले उक्त विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने बताए ।

हस्तान्त्रण कार्यक्रममा नगर प्रमुख र उपप्रमुख संगै जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक मोहन नाथ, दशरथचन्द नगरपालिका कार्यपालिकाका दलित सदस्य डम्बर टमाटा, दलित उद्यम विकास समाजका अध्यक्ष रमेस कोली, स्थानीय अविभावक र पत्रकारहरुको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!