पूर्व डिआईजी सहित चार प्रहरीलाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

Posted on: 26 Apr, 2018

वैशाख १३, बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा संलग्न भएको भन्दै मुछिएका तीन जना प्रहरी अधिकारीहरुलाई मोरङ जिल्ला अदालत पेश गरिएको छ ।

प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सईहरु बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई पक्राउ गरि म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ पेश गरेको हो ।

तीनै जनालाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दा दायर गरी म्याद थप गरि जिल्ला अदालत, मोरङ पेश गरेको हो ।

सुन प्रकरणकै अर्का आरोपी प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।


गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनापछी छानविनका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए । सुन प्रकरणको घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने २१ जना अझै फरार छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!