विवाहबाट घर फर्किने क्रममा एक युवकद्वारा आत्महत्या

Posted on: 26 Apr, 2018

सम्राट सिंह | वैशाख १३, बझाङ | विवाहबाट घर फर्किने क्रममा बिहिबार एक युवकले सेती नदीमा हाम फालेर आत्महत्या गरेका छन ।

गाउँको विवाह पुर्याउन गएका छबिस पाथिभेरा गाउँपालिका १ गुरेलथुम घर भएका अन्दाजी २२ बर्षिय सुरत धामीले छविस पाथिभेरा गाउँपालिकाको भ्यागुत्ते खोला नजिकै सेती नदीमा फाम फालेर आत्महत्या गरेको जनाइएको छ । 

सेती नदीमा हाम फालेपछि करिब ३ सय मिटर तल स्थानियले मृत अवस्थामा शव फेला पारेका थिए ।

आत्महत्या गर्नाको कारणको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आजै शवको पोष्टमाटम गर्न जिल्ला अस्पताल बझाङमा ल्याइएको छ । 

File Photo

यस बिषयमा तपाइको प्रतिक्रिया...!