प्रगती समीक्षा गोष्ठि सम्पन्न

Posted on: 26 Apr, 2018

वैशाख १३, कालीकोट | ग्रामीण पुननिर्माण संस्थाद्धारा सञ्चालित सामुदायिक विकास कार्यक्रम सिडीपि परियोजनाको प्रगती समिक्षासम्पन्न भएको छ । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा कालिकोट जिल्लाका साविकका १० वटा गाविसमा सन् २०१५ देखी २०१८ सम्म सञ्चालित उक्त परियोजनाको जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तथा प्रगती समीक्षा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमूख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आरआरएनका जिल्ला संयोजक लिलाराज न्यौपानेले सामुदायिक विकास कार्यक्रममार्फत कालिकोटमा भएका उपलब्धी र चुनौतीका बारेमा जानकारी गराएका छन् । साविकका फोईमहादेव, राँचुली, जुबिथा, छाप्रे, लालु, मेहेमुडी, मुम्रा, माल्कोट, रुप्सा र कोटवाडा गाविसमा नागरिक सचेतना केन्द्रको गठन गरि बिभिन्न सामाजिक तथा आयआर्जनका अभियानहरु सञ्चालन संयोजक न्यौपानेले बताए ।

उनका अनुसार ८५ वटा नागरिक सचेतना केन्द्रको गठन गरि सुशासनमा सवलीकरण, सामाजिक परिचालन, जीविकोपार्जनमा सहयोग, बिपद् जोखिम न्यूनिकरण लगायतका क्षेत्रमा सहयोग गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख अनिपाल शाही, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, डिएसपी सुवास चन्द्र्र बोहोरा, जिल्ला समन्वय समिति सदस्य नेत्रराज शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे लगायतका सरोकारवालाहरुले सिडिपी परियोजनाले गरेका कामहरुका बारेमा प्रभावकारी अनुमगन गरिनु पर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!