साँस्कृतिक महोत्सव हुँदै

Posted on: 26 Apr, 2018

वैशाख १३, कालिकोट | कालिकोटमा बृहत् साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । सुप्रिया फिल्म प्रालिको आयोजनामा यही बैशाख २७ गतेदेखी २९ गतेसम्म महोत्सव हुने आयोजकले बताएका छन् । चर्चित कलाकार इकुको उपस्थितिमा जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा बृहत् सास्कृतिक महोत्सवको आयोजना गरिने सुप्रिया फिल्म प्रा.लिका निर्देशक कपिल मगरले बताए ।

सुप्रिया फिल्म प्रा.लिले कालिकोट जिल्लामै सुटिङ गर्न लागेको तिम्रो मेरो प्रेम कहानी नामक चलचित्रको पुर्व जिल्लाव्यापी प्रचार प्रसार गर्ने र खर्च व्यवस्थापनका लागि कालिकोटमा महोत्सवको आयोजना गरिएको निर्देशद मगरले बताए । यहाँका परम्परागत वस्तीहरु, होचा पुड्का मान्छेहरुको कहानी तथा विगतको सशस्त्र द्धन्द्धको समयमा अभिभावक गुमाएका परिवारहरुको पीडालाई समेटिएको कथामा कलाकारहरुले अभिनय गरिने चलचित्र निर्माण पक्षले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!